१० असार २०८२, मंगलवार | Tue Jun 24 2025

जुवातास खेल्ने नुवाकोटका राजकुमारसहित ८ जना पक्राउ

२७ जेठ, काठमाडौं । जुवातास खेल्ने खेलाउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले ८ जना नियन्त्रणमा लिएकाे छन् । काठमाडौं, नागार्जुन नगरपालिका ४ रानीपाटी पानीट्याथङ्की नजिक एक घरमा जुवा तास खेल्ने खेलाउने कार्यमा संलग्न रहेका गुल्मी, रेसुङ्गा गाउँपालिका ८ घर भइ सोही स्थानमा डेरा गरी बस्ने वर्ष ३२ की उषा थापासहित ८ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका ६ घर भइ हाल कालिमाटी बस्ने २६ वर्षका राजकुमार तामाङ,मकवानपुर जिल्ला थाहा नगरपालिका १२ घर भइ काठमाडौं महानगरपालिका १३ कालिमाटी बस्ने २६ वर्षका सन्तोष तामाङ, काठमाडौं नागार्जुन नगरपालिका ६ रामकोट बस्ने  ५८ वर्षका राजकुमार शाही र गुल्मी, रेसुङ्गा गाउँपालिका ८ घर भइ  नागार्जुन नगरपालिका ४ रानीपानीपानीट्याुङ्की बस्ने ३२ वर्षकी उषा थापा रहेका छन् ।

साथै, दुर्गा बहादुर तामाङ, जडिबुटी बस्ने वर्ष २४ को तुलरामथिङ, पाँचथर फालिलुङगाँउपालिका ७ घर भइ कंलकी बस्ने वर्ष ३४ को मन कुमार केरुङ लिम्बु र स्वयम्भू भगवानपाँउ बस्ने वर्ष ३५ को धन बहादुर भोलन पक्राउ परेका छन् । उनीहरूलाई एक लाख दश हजार छ सय तीस रूपैयाँ र ३ बुक ताससहित सोमबार प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेकाहरूविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडाैंका सूचना अधिकारी एवम् प्रहरी उपरीक्षक  अपील राज बाेहाेरा बताउनुभयाे ।

प्रकाशित मिति : २७ जेष्ठ २०८२, मंगलवार १७:३१