नेप्सेमा २१ अर्ब ८ करोड बराबरको बोनस शेयर सूचिकृत
२७ जेठ, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २१ अर्ब ८ करोड बराबरको बोनस शेयर सूचिकृत भएकाे छ । आर्थिक वर्ष २०८१/८२ को दश महिनामा नेप्सेमा रु.२१ अर्ब ८ करोड बराबरको बोनस शेयर, रु.२० अर्ब ३८ करोड बराबरको साधारण शेयर, रु.११ अर्ब ६५ करोड बराबरको हकप्रद शेयर, रु.१ अर्ब २५ करोड बराबरको म्युचुअल फण्ड, रु.१० करोड ६९ लाख बराबरको एफपीओ र रु.३ अर्ब ९६ करोड बराबरको अन्य शेयर गरी कुल रु.५८ अर्ब ४३ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।
त्यस्तै, समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले रु.१३ अर्ब १९ करोड बराबरको हकप्रद शेयर, रु.११ अर्ब ८० करोड बराबरको म्युचुअल फण्ड, रु.६ अर्ब ८२ करोड बराबरको डिबेन्चर र रु.२ अर्ब २४ करोड बराबरको साधारण शेयर गरी कुल रु.३४ अर्ब ५ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।
प्रकाशित मिति : June 10, 2025 at 5:03 pm









