२८ मंसिर २०८२, आईतवार | Sun Dec 14 2025

विगत ६ महिनादेखि बेपत्ता भएका नेपालगञ्जका दुई बालकको भारतबाट उद्धार

२९ पुस, काठमाडाैँ । विगत ६ महिनादेखि नेपालबाट बेपत्ता दुई बालक भारतमा भेटिएका छन । उनीहरूलाइ भारतको देहरादुनबाट उद्धार गरी परिवारका सदस्यलाई बुझाइएको हो । नेपालगन्ज उपमहानगरपालिका २० मदनापुरका दुई बालक गत साउनमा रुपइडिहाबाट हराएका थिए। सिमला पुगेर जोखिमपूर्ण काममा संलग्न रहेको उनीहरूलाई शान्ति पुनर्स्थापना गृह, कपिलवस्तुको टोलीले उद्धार गरी परिवारको जिम्मा लगाएको हो।

सिमलामा पत्थर फोड्ने काममा संलग्न १४ वर्षीय निशान्त गिरी र १५ वर्षीय कालु विकलाई देहरादुनस्थित राजकीय बाल गृह हरिद्वारले उद्धार गरी आफ्नो संरक्षणमा राखेका थियो। पुनर्स्थापना गृहका प्रतिनिधि भूमिराज भट्टराई नेतृत्वको टोलीले बाल कल्याण समिति देहरादुनको समन्वयमा ती बालकलाई उद्धार गरी नेपाल ल्याएको बताएको छ । दुवै बालकलाई नेपालगन्ज उपमहानगरपालिका २० का वडाअध्यक्ष कृष्ण कार्कीको रोहवरमा गिरीलाई आमा काली गिरी, विकलाई हजुरआमा मनकला सार्कीले बुझेर लगेकी छन्।

प्रकाशित मिति : २९ पुष २०७५, आईतवार २०:१६