नेप्सेसँगै बढ्यो कारोबार रकम, दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट
२७ जेठ, काठमाडौं । मंगलबार नेप्से परिसूचक बढेर बन्द भएको छ। यस दिन नेप्से परिसूचक २५.०७ अंकले बढेर २६७८.१७ विन्दुमा पुगेको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। यस दिन १० अर्ब १६ करोड ९ लाख ८१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
यस दिन दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ। पियोर इनर्जी र श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनीको सेयरमा यस दिन सकारात्मक सर्किट लागेको हो। रावा इनर्जी डेभलपमेन्टको सेयरमूल्य यस दिन सर्वाधिक घटेको छ।कारोबार रकमका आधारमा यस दिन हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ।
प्रकाशित मिति : June 10, 2025 at 3:32 pm









