१० असार २०८२, मंगलवार | Tue Jun 24 2025

जोशी हाईड्रोपावरले हकप्रद निष्कासन गर्ने, धितोपत्र बोर्डबाट पायो अनुमति

२६ जेठ, काठमाडौं । जोशी हाईड्रोपावर कम्पनी लिमिटेडले हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीले ६५ प्रतिशत अर्थात १ः०.६५ अनुपातमा हकप्रद निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट आज (जेठ २६ गते) अनुमति पाएको हो ।

यससँगै अब कम्पनीले रु.१०० अंकित दरका २४ लाख १४ हजार १ सय कित्ता हकप्रद सेयर जारी गर्नेछ । कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०८२, सोमबार १७:४९