२८ बैशाख २०८३, सोमबार | Mon May 11 2026

प्रतिनिधिसभा बैठक बुधबारसम्मका लागि स्थगित

२६ जेठ, काठमाडौं । प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ। सोमबार अपराह्न केहीबेर बसेको बैठक प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सहितका विपक्षी दलका सांसदहरूको अवरोधपछि आधा घन्टाका लागि स्थगित भएको थियो।

तर उक्त समयमा बैठक बस्न सकेन। संघीय संसद सचिवालयले सूचना टाँसेर बुधबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेको हो। विपक्षी दलले यही जेठ १३ गतेदेखि ‘भिजिट भिसा’ प्रकरणलाई लिएर सदनमा विरोध जनाउँदै आएका छन् । उनीहरूले गृहमन्त्री राजीनामा र निष्पक्ष छानबिन अघि नबढेसम्म सदनमा विरोध कायमै रहने स्पष्ट पारेका छन् ।

प्रकाशित मिति : 17:25