सेयर बजारमा हरियाली, ८ अर्ब ६८ करोडको कारोबार
२६ जेठ, काठमाडाैं । साताकाे दाेस्राे काराेबारकाे दिन साेमबार सेयर बजारमा हरियाली छाएकाे छ । सोमबार नेप्से परिसूचक २३.१९ अंकले बढेर २६५३.०९ विन्दुमा पुगेको छ। यस दिन८ अर्ब ६८ करोड ९३ लाख ५० हजार रुपैयाँबराबरको कारोबारमा भएकाे छ । नेप्से बढ्दा दोस्रो बजारका लगानीकर्ताहरु जलविद्युत र अन्य उपसमूहका कम्पनीहरुमा आकर्षित भएका छन्।
यस दिन पाँच कम्पनीकाे सेयर मूल्यमा सकारात्कम सर्किट लागेकाे छ । यस दिन बुटवल पावर कम्पनी, मकर जितुमाया सुरी हाइड्रोपावर, पियोर इनर्जी लिमिटेड, दोल्ती पावर कम्पनी र विन्ध्यावासिनी हाइड्रोपावार सेयर मूल्यमा सकारात्मक सर्किट लाएको हाे । सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य यस दिन सर्वाधिक घटेकाे छ ।
प्रकाशित मिति : २६ जेष्ठ २०८२, सोमबार १५:४१