१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

प्रतिनिधिसभा बैठक आज २ बजेदेखि सञ्चालन हुन्छः सभामुख घिमिरे

२६ जेठ, काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आज २ बजेदेखि संसद् बैठक सञ्चालन हुने बताउनुभएको छ । गणतन्त्र दिवसका अवसरमा राससमा ‘पवर्वतीय पर्यटन : हाम्रो सान, हाम्रो पहिचान’ तस्बिर प्रदर्शनीको अवलोकनपछि उहाँले प्रतिनिधिसभा केही दिनदेखि अवरुद्ध भएको बैठक आज २ बजेदेखि सञ्चालन हुने बताउनुभएको हो ।

“सदन अवरूद्ध हुनुपर्ने नै होइन, तर भयो, प्रतिनिधिसभा बैठक आज २ बजेदेखि सञ्चालन हुनेछ,” सभामुख घिमिरले भन्नुभयो, “सामान्यतया ११ बजे, १ बजे राखिने बैठक सञ्चालन गर्नका लागि २ बजे राखिएको हो, मलाई आशा छ, २ बजेदेखि संसद सुरू हुन्छ ।”

उहाँले बजेटको महत्त्वपूर्ण कार्यसूचीमा छलफल गर्न लागेको अवस्थामा बैठक अवरुद्ध हुने अब छलफलमा भाग सांसद सङ्ख्या घटाउनुपर्ने, विधि पुर्याएर छलफल गर्नुपर्ने उल्लेख गर्दै भन्नुभयो, “नोक्सानी हुने त भइसक्यो, अवको कार्यसूची त्यहीअनुसार बनाएर जानुपर्छ, विधिअनुसार बजेटमाथिको छलफल सक्नुपर्छ । ” सभामुखघिमिरले बजेटमाथिको छलफल समयभित्र सक्नका लागि त्यहीअनुसार कार्यसूची समेत तयार हुने बताउनुभयो ।

प्रकाशित मिति : June 9, 2025 at 12:43 pm