बेगनास तालमा बेपत्ता भएका राजेश श्रेष्ठ ३५ फिट मुनी मृत अवस्थामा भेटिए
२६ जेठ, पोखरा । पौडी खेल्ने क्रममा बेगनास तालमा बेपत्ता भएका राजेश श्रेष्ठ ३५ फिट मुनी मृत अवस्थामा भेटिएका छन । सशस्त्र प्रहरीको गोताखोरको टोलीले सोमबार बिहान १० बजेको समयमा ३५ फिट गहिराईमा शव फेला पारी पानीबाट बाहिर निकालेको सशस्त्र प्रहरीको सहायक प्रवक्ता पिएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो ।
जेठ २५ गते साँझ कास्की जिल्लाको पोखरा महानगरपालिका- ३१ माझीकुना स्थित बेगनास तालमा पौडी खेल्ने क्रममा गोरखा जिल्ला शहिद लखन गाउँपालिका ३ मनकामना बस्ने ४३ बर्षिय राजेश बेपत्ता भएका थिए । श्रेष्ठ बेपत्ता भएको सूचना पाए लगत्तै सशस्त्र प्रहरी बल नेपाल नं.२४ कालिका गणबाट सशस्त्र प्रहरी निरिक्षकको कमाण्डमा ७ जना गोताखोर सहितको टोली परिचालन भएको थियो । उक्त टोलीले नै श्रेष्ठको शव फेला पारेको हो ।
प्रकाशित मिति : २६ जेष्ठ २०८२, सोमबार ११:२६