आफ्नो एनजीओलाई पैसा नदिएको भन्दै अर्थमन्त्री यादवले सचिवलाई कुटेर जेल पठाए
२९ पुस, काठमाडाैँ । आफ्नो एनजीओलाई पैसा नदिएको भन्दै प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले सचिवमाथि कुटपिट गरेका छन । आइतबार मन्त्री यादवले उद्योग वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई आफ्नै कार्यकक्षमा बोलाएर कुटपिट गरेका हुन् । कुटाई खाने सचिवलाई प्रहरीले उल्टै नियन्त्रणमा लिएको छ ।
संघीय सरकारले सशर्त अनुदानअन्तर्गतको गरिबी निवारणका उद्यम कार्यक्रमका लागि आफ्नो एनजीओलाई छनौट नगरेको भन्दै मन्त्री यादवले आफूमाथि कुटपिट गरेको पीडित सचिव झाले बताएका छन । क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालनका लागि मन्त्रालयमा १ सय ९३ वटा गैरसरकारी संस्थाहरुले आशय पत्र दिएकामा ४० वटा संस्था छनोट हुँदा पनि मन्त्रीको एनजीओ परेको थिएन ।
प्रकाशित मिति : २९ पुष २०७५, आईतवार १७:०१