२३ बैशाख २०८३, बुधबार | Thu May 7 2026

आन्दोलन नछाडेसम्म राजावादी नेताहरुले पीएसओ नपाउने

२१ जेठ, काठमाडौं । राजावादी नेताहरुकाे आन्दोलन नरोकिएसम्म सरकारले पीएसओ (अंगरक्षक) फिर्ता नगर्ने भएको छ। राजसंस्था र हिन्दुराज्य पुनर्स्थापनाको मागसहित आन्दोलन थालेपछि सरकारले राजावादी नेताहरुको सुरक्षाका लागि खटाइएका सुरक्षाकर्मी फिर्ता गरेको थियो ।

गृहमन्त्री रमेश लेखकले बुधबार राज्य व्यवस्था तथा सशासन समितिको बैठकमा आन्दोलन नरोकिएसम्म उनीहरुको सुरक्षामा खटिएका प्रहरी फिर्ता नहुने बताउनुभएकाे हाे । बुधबार समितिको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद बुद्धिमान तामाङले राप्रपाका नेताहरूको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी फिर्ता गरिएको विषयमा प्रश्न गर्नुभएकाे थियाे ।

जबाफमा गृहमन्त्री लेखकले सुरक्षाकर्मीहरूलाई आन्दोलनमा खटाउनुपर्ने भएकाले नेताहरूको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी फिर्ता बोलाइएको बताउनुभयाे ।

प्रकाशित मिति : 11:38