प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित
२० जेठ, काठमाडौं । प्रतिनिधिसभाको बैठक बुधबारसम्मका लागि स्थगित भएको छ। मंगलबार बिहान ११ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी सूचना टाँस गरेर दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको थियो।
त्यसपछि पनि बैठक बस्न सकेन। संघीय संसद सचिवालयले बुधबार दिउँसो १ बजेसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित भएको जनाएको छ।
प्रकाशित मिति : 14:56









