२३ बैशाख २०८३, बुधबार | Thu May 7 2026

सचिवको राजीनामा स्वीकृत गर्न नसकेको एमालेको प्रचार विभागमा थपियो अर्को राजीनामा

१९ जेठ, काठमाडौँ । नेकपा (एमाले)को प्रचार विभागमा अर्को राजीनामा थपिएको छ । सचिवले राजीनामा दिएको दुई महिना पूरा हुँदा पनि स्वीकृत नभएको स्थितिमा विभागका एक अर्का सदस्यले पनि राजीनामा दिनुभएको छ ।

यसअघि गणेश पाण्डेले पार्टी सचिवालयको निर्णय अनुसार प्रचार विभाग सचिवको नियुक्ति र सपथ लिएर केही घण्टामा राजीनामा दिएर एमाले नेतृत्व र सचिवालय सदस्यहरूलाई तिमीहरू असक्षम छौँ भनेर प्रमाणित गरिदिएपछि दुई महिनासम्म पनि उहाँको राजीनमा स्वीकृत भएको कुनै सूचना एमालेले जारी गरेको छैन । राजीनामा दिनुभएको पाण्डेले भने प्रेस चाैतारी नेपालको अध्यक्षको नियुक्ति लिइसक्नुभएको छ ।

सोमबार ‘बा’ ब्राण्डिङ नै छायाँमा पार्ने गरी पार्टीमा ‘झोले’ अभियान चलिरहेको समयमा प्रचार विभागका सदस्य एवं प्रेस चौतारी नेपालका पूर्व र निवर्तमान कोषाध्यक्ष इन्द्र आचार्यले राजीनमाको घोषणा गर्नुभएको छ । उहाँले फेसबुक मार्फत नै राजीनामा दिएको घोषणा गर्नुभएको छ ।

dainiki.com

आचार्यले प्रचार विभागबाट राजीनामा दिएसँगै कुनै पनि पार्टी र संगठनको सदस्य समेत नरहेको घोषणा पनि गर्नुभएको छ । उहाँले फेसबकुमा उल्लेख गर्नुभएको छ, ‘नेकपा (एमाले) काे केन्द्रीय प्रचार विभाग सदस्यबाट आजैका मितिबाट राजीनामा घाेषणा गर्दछु । आजबाट म कुनैपनि पार्टी वा संगठनमा नरहेकाे घाेषणा गर्दछु । ४५ लाख फलाेअर्स रहेकाे सञ्चार प्रतिष्ठानकाे नेतृत्व गर्दै जनतामा समर्पित हुने प्रतिवद्वता व्यक्त गर्दछु ।’ एमालेको प्रचार विभागमा राजैन्द्र गाैतम हुनुहुन्छ । एमालेको विभागहरू मध्ये सबैभन्दा प्रभावहिन र कमजोर विभाग प्रचार मानिन्छ । 

प्रकाशित मिति : 20:48