१ आश्विन २०८३, बिहिबार | Fri Sep 18 2026

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?

१९ चैत, काठमाडौं । साताको पहिलो कारोबारको दिन सोमबार सेयर बजारमा  झिनो अंकको सुधार आएको छ । यस दिन नेप्से परिसूचक २.७७ अंकले बढेर २६९५.८४ को विन्दुमा बन्द भएको छ ।

सेयर बजारमा सुधार आउँदा यस दिन ङादी ग्रुप पावरको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ८७ करोड ४७ लाख ३८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै,  राधी विद्युत कम्पनीको ६५ करोड २ लाख १६ हजार रुपैयाँ, यूनिभर्सल पावर कम्पनीको ५४ करोड १९ लाख २३ हजार रुपैयाँ, एचआइडिसिएलको ३७ करोड २९ लाख ४५ हजार रुपैयाँ, बुटवल पावर कम्पनीको ३४ करोड ९८ लाख ३१ हजार रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : June 2, 2025 at 3:16 pm