झोले भनियो भन्दैमा सत्य अँगाल्न नछोडौंः प्रधानमन्त्री ओली
१९ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले झोले भनेर खेदियो भन्दैमा सत्य अँगाल्न नछाड्न आग्रह गर्नुभएको छ । सामाजिक सञ्जालमा फेसबुकमा स्ट्याटस लेख्दै ओलीले हिजोआज एउटालाई भगवान बनाउनु पर्यो भने सामूहिकतामा विश्वास राख्नेहरूलाई पहिले झोले भनेर लखेटिन थालिएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।
फेसबुकमा स्टाटस लेख्दै ओलीले भन्नुभएको छ, ‘हिजोआज एउटालाई भगवान बनाउनु पर्यो भने सामूहिकतामा विश्वास राख्नेहरूलाई पहिले झोले भनेर लखेटिन्छ र समाजलाई भिडमा बदलिन्छ । भीडसँग बल अवश्य हुन्छ, तर सत्य नहुन सक्छ । सामाजिक सञ्जालमा झोले भनेर खेदियो भन्दैमा सत्य अँगाल्न नछोडौं। सामुहिक र संगठित आक्रमणबाट हरेकले आफ्नो निजत्व जोगाउन पर्छ ।’

प्रकाशित मिति : 12:43









