प्रहरीले सडकमा घिसारेकोमा प्रधानमन्त्री र गृहमन्त्रीलाई कमल थापाको धन्यवाद
१९ जेठ, काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष एवं पूर्वमन्त्री कमल थापाले प्रहरीले सडकमा घिसारेकोमा प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई धन्यवाद दिनुभएको छ । फेसबुकमा छोटो टिप्पणी लेख्दै थापाले व्यंग्यात्मक ढंगले धन्यवाद दिनुभएको हो । प्रहरीले आइतबार थापा माथि अमानवीय व्यवहार प्रस्तुत गर्दै सडकमा पछारेर घिसारेको थियो ।
उहाँले फेसबुकमा लैख्नुभएको छ, ‘धन्यवाद प्रम के पी ओली र गृहमन्त्री रमेश लेखक ज्यू, तपाईंहरूको बर्बरतापूर्ण र अमानवीय व्यवहारको निम्ति । हामीले निषेधित क्षेत्र र कानुन तोडेका थिएनौँ। दमन र निषेधले बिचार मर्दैन।भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्ति तथा हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापनाको हाम्रो संकल्प अझै सुदृढ भएको छ।’
यद्यपी राजाको शासनको समयमा कमल थापा देशको गृहमन्त्री हुँदा नागरिकहरू माथि यो भन्दा बढी अमानवीय व्यहार हुन्थे र त्यसका लागि प्रहरीलाई थापा स्वयंले निर्देशन दिनुहुन्थ्यो भन्दै कतिपयले उहाँको टिप्पणीमाथि प्रतिक्रिया जनाइरहेका छन ।
प्रकाशित मिति : 09:20









