पूर्वराष्ट्रपति विद्यादेवी स्वदेश फर्किदै, विमानस्थलमा प्रेस ब्रिफिङ हुने
१९ जेठ, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमण पूरा गरी सोमबार बिहान स्वदेश फर्किदै छ । प्रतिनिधिमण्डलका सदस्यका अनुसार जेठ १० गते चीन गएको टोली १०ः४५ बजे टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नेछ ।
भ्रमण दलमा नेकपा एमालेका सचिव एवं विदेश विभाग प्रमुख रघुवीर महासेठ, स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री कर्णबहादुर थापा र पोलिटब्यूरो सदस्य एवं उद्योगमन्त्री दामोदर भण्डारी लगायत सहभागी हुनुहुन्छ ।
चीनमा रहँदा उच्चस्तरीय भेटवार्ता गर्नुभएको भण्डारीले विमानस्थलमा प्रेस ब्रिफिङ गर्ने बताइएको छ । १०ः४५ बजेका लागि सञ्चार माध्यमहरूलाइ विमानस्थलमा निम्तो पठाइएको छ ।
प्रकाशित मिति : 08:47









