१० असार २०८२, मंगलवार | Tue Jun 24 2025

बुद्धिजीवी परिषद्को अध्यक्षमा गजेन्द्र थपिलया विजयी (निर्वाचित सबैको सूचीसहित)

१९ जेठ, काठमाडौँ । नेकपा (एमाले)को जनवर्गिय संगठन मध्येको एक नेपाल बुद्धिजीवी परिषद्को ११ औँ अधिवेशनबाट अध्यक्षमा ईन्जिनियर गजेन्द्र थपलिया विजयी हुनुभएको छ। थपलियाले पार्टी नेताहरूको आशर्वाद पाएका डा दीपेन्द्र भण्डारीलाई ५० मतको अन्तरमा पराजित गर्नुभयो ।

अधिवेशनमा भण्डारीलाई नै सर्वसम्मत अध्यक्ष बनाउन पार्टी नेतृत्वले जोड गरेको थियो । तर मतदानमा गएपछि गजेन्द्रले अनपेक्षित रूपमा भारी मतान्तरमा विजय प्राप्त गर्नुभयो । मतदान प्रभावित गराउन भण्डारीको नाममा लाइन आयो भन्दै अधिवेशनस्थल टोखाको लर्ड पार्टी प्यालेसमा अभियान नै चलाइएको थियो ।

अन्ततः भण्डारी सर्वसम्मत नभएपछि मतदानबाट विजयी गराउने नेतृत्वको चाहना असफल भएको छ । थपलिया वर्तमान महासचिव हुनुहुन्थ्यो । यो अधिवेशनसँगै तीन कार्यकाल नेतृत्वको जिम्मेवारी सम्हाल्नुभएको डा दिनेशचन्द्र देवकोटाले बुद्धिजीवी परिषद्बाट विदा लिनुभएको छ ।

अधिवेशनबाट उपाध्यक्षमा गोबिन्द्र शाही विजयी हुनुभएको छ । उहाँले विपिनकुमार चित्रकारलाइ पराजित गर्नुभयो । त्यस्तै उपाध्यक्ष महिलामा राधा अधिकारी निर्वाचित हुनुभएको छ । महासचिवमा डा दिपेन्द्र श्रेष्ठ  उपमहासचिवमा सुशील बिक निर्विरोध निर्वाचित हुनुभयो । सचिबमा प्रा.डा ईश्वरी कडरीया, डा.लाक्पा शेर्पा, डा.टीका ढकाल, कृष्ण कुमार लम्साल निर्वाचित हुनुभयो । सचिवमा प्रा.डा ईश्वरी कडरीया डा अर्जुनकुमार सिंहलाइ पराजित गर्दै विजयी हुनुभयो । 

अधिवेशनबाट महासचिवमा डा दीपेन्द्र श्रेष्ठ निर्वाचित हुनभएको छ । तीन पद बाहेक सबै पद निर्विरोध भएको थियो । अधिवेशन पाँच आयोगसहित ९९ सदस्यीय केद्रीय कमिटी निर्वाचित गरेको छ । निर्वाचित कमिटीको नामावली तल हेर्न सक्नुहुन्छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०८२, सोमबार ०६:२०