कमल थापा पक्राउ परेपछि राजेन्द्र लिङ्देनले भनेः खास लडाईं भोलिबाट सुरु हुन्छ
१८ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले भोलिदेखि खास लडाइँ सुरु हुने चेतावनी दिनुभएको छ । राजावादीको आन्दोलनबाट राप्रपा नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले नियन्त्रणमा लिएपछि उहाँले भोलिदेखि खास लडाइँ सुरु हुने बताउनुभएको हो ।
तस्विरः सामाजिक सञ्जाल
‘भर्खरै राप्रपा नेपालका अध्यक्ष कमल थापालगायतलाई पक्राउ गरिएको सुनेको छु , तपाईंहरुले कमल थापालाई यहीँ ल्याइदिनुस । होइन भने अरु साथीभाइलाई पनि काठमाडौं बाहिरबाट बोलाउँछौं । खास लडाईं भोलिबाट सुरु हुन्छ ,’ लिङ्देनले भन्नुभयो ।
प्रकाशित मिति : 15:54









