१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

ट्रेड टावरको आइपीओमा कति पर्यो आवेदन ? यस्तो छ अपडेट

१८ जेठ, काठमाडौं ।  ट्रेड टावर लिमिटेडको आइपीओमा मागभन्दा बढी आवेदन परेको छ । सीडीएसका अनुसार कम्पनीको आइपीओमा जेठ १८ गते  आइतबार बिहान १०ः०६ बजेसम्ममा १ अर्ब ९२ करोड ७४ लाख १९ हजार रुपैयाँ बराबरको १६ लाख ७ हजार ९३५ जनाले १ करोड ९२ लाख ७४ हजार १९० कित्ताको लागि आवेदन दिएका छन् । यो आवेदन मागभन्दा ५.८४ गुणा बढी हो ।

कम्पनीले जेठ १४ गतेदेखि आफ्नो जारी पूँजी ८१ करोड ५६ लाख ९ हजार ७०० रुपैयाँको ४८.६९६ प्रतिशतका दरले हुन आउने ३९ करोड ७१ लाख ६९ हजार ३०० रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३९ लाख ७१ हजार ६९३ कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये अब कम्पनीले ३२ करोड ९६ लाख ५० हजार ५१९ रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ३२ लाख ९६ हजार ५०५।१९ कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो।

कम्पनीले पहिलो चरणमा नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ३ लाख ९७ हजार १६९.३० कित्ता, सामूहिक लगानी कोषहरुका लागि १ लाख ९८ हजार ५८४।६५ कित्ता र कर्मचारीहरुका लागि ७९ हजार ४३३.८६ कित्ता शेयर निष्काशन गरी बाँडफाँड गरिसकेको छ।

कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यो आईपीओ निष्काशन बन्द छिटोमा जेठ १९ गते र ढिलोमा जेठ २८ गते हुनेछ।

प्रकाशित मिति : June 1, 2025 at 11:35 am