१० असार २०८२, मंगलवार | Tue Jun 24 2025

कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

१८ जेठ, काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राजेन्द्र वीर राय पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले उनलाई रुपन्देहीको सिद्धार्थनगर नगरपालिका १ बलहियाबाट पक्राउ गरेको हो। सल्यान घर भएका राय हाल बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-२० बस्दै आएका थिए ।

उनीमाथि बैंकमा अध्यक्ष तथा सीईओ भई २ अर्ब ५० करोड रुपैयाँ भन्दा बढी रकम हिनामिना गरी फरार भएको आरोप लगाइएको छ । उनीमाथि बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसुरमा नेपाल राष्ट्र बैंकको समन्वयमा अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०८२, आईतवार १०:३७