१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

प्रजातान्त्रिक मूल्य मान्यताका लागि फेरि सङ्घर्ष गर्नुपर्छः शेखर कोइराला

१६ जेठ, काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले प्रजातान्त्रिक संस्कार र मूल्य मान्यता स्थापित गर्न फेरि सङ्घर्ष गर्नुपर्ने अवस्था सिर्जना भएको बताउनुभएको छ ।

नेपाल प्रजातन्त्र सेनानी सङ्घ बागमती प्रदेश कार्यसमितिले आज यहाँ आयोजना गरेको सम्मान एवं प्रजातन्त्र सेनानी तुलसीनारायण खमु श्रेष्ठको ‘जीवनगाथा’ नामक पुस्तक लोकार्पण गर्दै उहाँले प्रजातान्त्रिक संस्कारका विषयमा बोल्दा खोट देखाउन खोजिनु गलत भएको बताउनुभयो ।

“बिपी, गणेशमान र कृष्णप्रसादको आचरणलाई फेरि हामीले कांग्रेसमा पुनस्र्थापना गराउनुपर्ने आवश्यकता छ,” नेता कोइरालाले भन्नुभयो । कांग्रेस सरकारमा भए पनि गलत कुराको विरोध गर्न नसके लोकतन्त्र सुरक्षित हुन नसक्ने उहाँको भनाइ छ ।

गलत कुराको विरोध गर्न नसक्नेहरु बिपीको अनुयायी हुन नसक्ने बताउँदै उहाँले गलत कुरा टुलुटुलु हेरेर बस्नेहरू दास मानसिकताको उपज भएको उल्लेख गर्नुभयो । आचरण लोकतान्त्रिक गणतन्त्रात्मक नभएकैले अहिले राजावादीलगायत विभिन्न नाममा आन्दोलन भइरहेकाले लोकतान्त्रिक मूल्य मान्यताका आचरण अनुसरण गरी यो अवस्थालाई सुधार गर्न सकिने नेता कोइरालाले बताउनुभयो ।

प्रकाशित मिति : May 30, 2025 at 6:02 pm