४ माघ २०८२, आईतवार | Sun Jan 18 2026

नागार्जुनमा माइक्रोबसबाट खसेर एक महिलाको मृत्यु

१६ जेठ, काठमाडौं । नागार्जुनमा माइक्रोबसबाट खसेर एक महिलाको मृत्यु भएको छ । मत्यु हुनेमा नागार्जुन नगरपालिका–रामकोट बस्ने उदयपुर कटारी नगरपालिका–७ घर भएकी ३८ वर्षीया कोपिला परियार छिन् ।

शुक्रबार बिहान नागार्जुन नगरपालिका-६ टेम्पो पार्कस्थित सडकमा बा.प्र.०१-००२ ज ७०५७ नम्बरको माइक्रोबाट खसेर परियारको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएकी उनको मनमोहन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।  माइक्रो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०८२, शुक्रबार १५:५३