१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

गृहमन्त्रीले राजीनामा नदिएसम्म सदन चल्न नदिने माओवादीको निर्णय

१६ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले  गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसद अवरोध जारी राख्ने निर्णय गरेको छ। शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बसेको पदाधिकारी बैठकमा भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकले राजीनामा नदिएसम्म संसदको अवरोध जारी राख्ने निर्णय गरेको सचिव लीलामणि पोखरेलले बताउनुभयो ।

माओवादी केन्द्र लगायत प्रतिपक्षी दलहरूले गृहमन्त्री लेखकको राजीनामा माग गर्दै संसद अवरूद्ध गर्दै आएका छन् ।

प्रकाशित मिति : May 30, 2025 at 12:38 pm