४ माघ २०८२, आईतवार | Mon Jan 19 2026

अब वृद्धभत्ता पाउन ७० वर्ष पुग्नपर्ने

१५ जेठ, काठमाडौं । सरकारले वृद्धभत्ता पाउने उमेर बढाएको छ । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै वृद्धभत्ता पाउने उमेर बढाएको बताउनुभएको हो ।

यसअघि वृद्धभत्ता पाउने उमेर ६८ वर्ष रहेकोमा अबबाट भत्ता पाउने उमेर बढाएर ७० वर्ष पुर्याइएको हो । यो सँगै अब ७० वर्षमा मात्रै वृद्धभत्ता पाइने भएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०८२, बिहीबार १८:०४