१० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026

सोमबार रिलायन्स स्पिनिङ मिल्ससहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता

२३ चैत, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार उच्च अंकले बढेर बन्द भएको छ। पछिल्ला दिनहरुमा सम्पत्ति शुद्धीकरणको अनुसन्धानका क्रममा व्यवसायीहरु पक्राउ पर्न थालेपछि निरन्तर घटेको सेयर बजार, यस दिन अर्थमन्त्री स्वर्णिम वाग्लेको आश्वासनसँगै बढ्न पुगेको हो। सोमबार २६४ कम्पनीको सेयर मूल्य बढेको छ भने ३ कम्पनीको घटेको छ । एक कम्पनीकाे सेयर मूल्य स्थिर रहेकाे छ ।

साेमबार नेप्से परिसूचक ८३.३३ अंकले बढेर २७६०.०२ विन्दुमा पुगेको छ। आज ३४५ कम्पनीका २ करोड ५१ लाख ५५ हजार ८५४ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ९२ करोड ८५ लाख ६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

साेमबार रिलायन्स स्पिनिङ मिल्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको १ अर्ब १३ करोड ५८ लाख ५८ हजार रुपैँया बराबरको कारोबार भएको छ ।त्यस्तै, हिमालयन रिइन्स्योरेन्सको ५४ करोड ९२ लाख ९८ हजार रुपैयाँ, एनआएन इन्फ्रास्ट्रक्चरको ४८ करोड १९ लाख १८ हजार रुपैँया, अपी पावर कम्पनीको ३१ करोड ५२ लाख ९८ हजार रुपैयाँ र रिडी पावर कम्पनीको ३० करोड ७ लाख ६६ हजार रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : April 6, 2026 at 3:32 pm