मकरी गाड हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने, बिक्रि प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त
१४ जेठ, काठमाडौं । मकरी गाड हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनका लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्रि प्रबन्धक नियुक्त गरेको छ ।
उक्त क्रममा मकरी गाड हाइड्रोपावरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत करन चन्द र सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसेले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।
कम्पनीले प्रति सेयर अंकित मूल्य रु.१०० अंकित दरका ५९ करोड ४० लाखबराबरको ५९ लाख ४० हजार कित्ता साधारण सेयर सर्वसाधारणमा जारी गर्ने तयारी गरेको हो ।
प्रकाशित मिति : १४ जेष्ठ २०८२, बुधबार १४:४९