प्रतिनिधिसभाको बैठक आधा घण्टालाई स्थगित
१४ जेठ, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा आधा घण्टाको लागि स्थगित भएको छ । विपक्षी दलहरूले निरन्तर अवरोध गरेपछि सभामुख देवराज घिमिरले बैठक स्थगित गर्नुभएको हो ।
बैठक सुरू भएदेखि नै गृहमन्त्री रमेश लेखकको राजीनामा मागेर विपक्षी दलहरूले संसद् अवरोध गरेका थिए । विपक्षी दलहरूको निरन्तरको नारावाजी र अवरोधपछि सभामुख घिमिरेले बैठक आधा घण्टाको लागि स्थगित भएको घोषणा गर्नुभएको हो ।
प्रकाशित मिति : 13:18









