२३ बैशाख २०८३, बुधबार | Thu May 7 2026

प्रधानमन्त्री ओलीले गरे प्रचण्डलाई फोन

१४ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले बुधबार प्रचण्डलाई फोन गर्नुभएको एमालेका मुख्य सचेतक महेश बर्तौलाले बताउनुभयो । प्रधानमन्त्रीले फोनमा गृहमन्त्री रमेश लेखकलाई भिजिट भिसा प्रकरणबारे सदनमा बोल्न दिन आग्रह गर्नुभएको जनाइएको छ । तर, प्रचण्डले आफूहरू अडानप्रति स्पष्ट रहेको भन्दै गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म सदन चल्न नदिने जवाफ फर्काएको माओवादी केन्द्रका सांसद माधव सापकोटाले बताउनुभयो ।

बिहान प्रधानमन्त्री ओली र कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको थियो। उक्त भेटवार्तापछि गृहमन्त्री लेखकले संसदमा बोल्ने निष्कर्ष निकालेको थियो।

प्रकाशित मिति : 12:55