९ असार २०८२, सोमबार | Mon Jun 23 2025

प्रधानमन्त्री ओली, सभापति देउवा र गृहमन्त्री लेखकबीच बालुवाटारमा छलफल

१४ जेठ, काठमाडाैं । प्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र गृहमन्त्री रमेश लेखकबीच बालुवाटारमा छलफल भएको छ।

बुधबार बिहान प्रधानमन्त्रीले कांग्रेस सभापति देउवा र गृहमन्त्री लेखकसँग कुराकानी गर्नुभएकाे हाे  । अहिले उहाँहरूबीच छलफल चलिरहेको बालुवाटार निकट स्रोतले जनाएको छ। भिजिट भिसा प्रकरणलाई लिएर प्रतिपक्ष दलले गृहमन्त्री लेखकको राजीनामा माग गरेर संसद चल्न दिएका छैनन् । बुधबार ११ बजेका लागि बोलाइएको संसद बैठक नियमित समयमा सुरु भएको छैन ।

प्रकाशित मिति : १४ जेष्ठ २०८२, बुधबार ११:३२