यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
१३ जेठ, काठमाडौं । सरकारले जापान सरकारबाट छात्रबृत्ति परियोजनाका लागि प्राप्त हुने करिब ५३ करोड ७६ लाख बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । सोमबार साँझको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले यस्तो जानकारी दिनुभएको हो ।
साथै,सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सदनमा पेश गर्न स्वीकृति प्रदान गरेको छ भने सार्वजनिक सेवा प्रशारण नियमावली २०८२ स्वीकृत गर्नुका साथै बिज्ञापन बोर्डको रिक्त अध्यक्ष पदमा लक्ष्मण हुमागाईलाई नियुक्त गर्ने निर्णय भएको उहाँले बताउनुभयाे ।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरूः
प्रकाशित मिति : 16:45









