प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित
१३ जेठ, काठमाडौं । प्रतिनिधिसभा बैठक स्थगित भएको छ। बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको संसद् सचिवालयले जनाएको छ।
मंगलबार बिहान ११ बजे बोलाइएको प्रतिनिधिसभाको बैठकमा विपक्षीको अवरोध गरेपछि आधा घण्टाका लागि स्थगित भएकामा पुनः सूचना टास गरी दिउँसो २ बजेर ३० मिनेटका लागि समय निर्धारण गरिएको थियो ।
सभामुख देवराज घिमिरेले सत्ता र प्रतिपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल गर्नुभएको थियो । तर, आज सहमति नहुने भएपछि बैठक भोलिसम्मका लागि स्थगित भएको हो।
प्रकाशित मिति : May 27, 2025 at 4:21 pm









