३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?

१३ जेठ, काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा सामान्य सुधार आएको छ । आज नेप्से परिसूचक २.५३ अंकले बढेर २६७७.३० को विन्दुमा बन्द भएको छ ।

यस दिन यूनिभर्सल पावर कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ६५ करोड ५८ लाख १९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, राधी विद्युत कम्पनीको ४७ करोड ३६ लाख ९५ हजार रुपैयाँ, ङादी ग्रुप पावरको ४२ करोड १९ लाख २५ हजार रुपैयाँ, सानिमा माई हाइड्रोपावरको २६ करोड ४३ लाख ८१ हजार रुपैयाँ, बुटवल पावर कम्पनीको २५ करोड ८७ लाख ९१ हजार रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : May 27, 2025 at 3:13 pm