१४ असार २०८३, आइतबार | Sun Jun 28 2026

नक्कली डिएसपी बनेर दरबारमार्गका व्यवसायि धम्क्याउने अनिल थापा पक्राउ

२७ पुस, काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँले प्रहरी नायब उपरीक्षक (डिएसपी) बनेर धाकधम्की दिँदै ठगी गर्ने एकलाई पक्राउ गरेको छ ।

परिसरको टोलीले ठमेल तथा दरबारमार्गका विभिन्न होटल, रेष्टुराँमा डिएसपी हुँ भन्दै धाकधम्की दिँदै हिँडेका भक्तपुरका ३५ वर्षीय अनिल थापालाई बिहीबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

परिसरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक होवीन्द्र बोगटीले कमलादीस्थित तिरुपति होटलमा विगत १४ दिनदेखि कोठा नं २०३ मा बसेर आफू प्रहरीको बहालवाला डिएसपी भनी नक्कली परिचयपत्र देखाई आपराधिक क्रियाकलाप गर्दै आएको अनुसन्धानमा खुलेको बताउनुभयो ।

प्रकाशित मिति : January 11, 2019 at 10:20 pm