२२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026

ग्लोबल आइएमई बैंकले १६ प्रतिशत बोनस सेयर वितरण गर्ने

२७ पुस, काठमाडौँ । ग्लोबल आइएमई बैंककाे प्रस्तावित १६ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित भएको छ। शुक्रबार सम्पन्न बैंकको १२ औँ वार्षिक साधारण सभाले उक्त प्रस्तावलाई पारित गरेको हो। साधारण सभाले पारित गरे बमोजिम  बैंकका सेयरधनीले चुक्ता पुँजीको १६ प्रतिशत बोनस सेयर पाउने छन्।

गत आर्थिक वर्ष २०७४-०७५ को वितरण योग्य मुनाफा तथा संचित मुनाफा समेतबाट बैंकले आफ्ना सेयरधनीलाई उक्त बोनस दिन लागेको हो। उक्त बोनस वितरणपछि बैंकको चुक्ता पुँजी १० अर्ब ३१ करोड रुपैयाँ नाघेको छ।

त्यस्तै, बैंकले हालसम्म १३३ शाखा, १४२ एटिएम, ७ एक्सटेन्सन काउण्टर, १५ वटा राजश्व संकलन काउण्टर र ११६ शाखा रहित बैंकिङ्ग सेवा, विदेशमा ३ प्रतिनिधिरसम्पर्क कार्यालय माफर्त बैंकिङ सेवा दिँदै आइरहेको जनाइएको छ।

प्रकाशित मिति : January 11, 2019 at 6:35 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/