एमाले धनुषामा भोला यादव नेतृत्वको समूह विजयी
९ जेठ, धनुषा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) धनुषा जिल्ला कमिटीको आठौँ अधिवेशनले भोला यादव नेतृत्वको समूहलाई चयन गरेको छ । उहाँ आफ्ना निकटतम प्रतिद्वन्द्वी लक्ष्मीनारायण यादवलाई २०२ मतले पराजित गर्दै विजयी हुनुभएको हो ।
यसैगरी, उपाध्यक्षमा तेजनारायण यादव, सचिवमा दीपनारायण ठाकुर, उपसचिवमा सविनविक्रम थापा विजयी हुनुभएको छ । महिला उपसचिवतर्फ रुकाकुमारी मिश्र र लेखा समितिको संयोजकमा वीरेन्द्रलाल कर्ण निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ ।
प्रकाशित मिति : ९ जेष्ठ २०८२, शुक्रबार ०९:४५