२३ बैशाख २०८३, बुधबार | Thu May 7 2026

राष्ट्रिय युवा संघ नेपालको महाधिवेशन आजदेखि पोखरामा, अध्यक्षमा क्षितजकै निरन्तरता

९ जेठ, पोखरा । नेकपा (एमाले)को जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपालकको दशौँ महाधिवेशन आजदेखि पोखरामा सुरू हुँदैछ । जेठ ११ गतेसम्म चल्ने महाधिवेशनले क्षितिज थेवेको नेतृत्वमा १५० सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेर अनुमोदन गर्ने सम्भावना छ ।

महाधिवेशन उद्घाटनका लागि एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा जाँदै हुनुहुन्छ । जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकाल र युवा संघका पूर्व अध्यक्षहरू बिहीबार नै पोखरा पुगिसक्नुभएको छ । महाधिवेशनको पूर्व सन्ध्यामा बिहीबार युवा संघले सचिवालयको अन्तिम बैठक समेत सम्पन्न गरिसकेको छ ।

युवासंघले महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको बागमती प्रदेश कमिटीका अध्यक्ष राजु तिवारीले जानकारी दिनुभयो । बिहान ११ बजे पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओले महाधिवेशनको उद्घाटन गर्ने सम्भावना रहेको छ । ओली हेलिकप्टर मार्फत महाधिवेशन उद्घाटनमा आउँदै हुनुहुन्छ । अमरसिंह चाैरमा उद्घाटनको कार्यक्रम राखिएको छ ।

पदाधिकारी बैठक ।

ओलीले अध्यक्षमा क्षितिजलाई नै दोहोर्याउन निर्देशन दिनुभएको छ । केहीदिनअघि प्रधानमन्त्री निवास बालुवाटारमा भएको युवा संघका नेताहरू र पूर्वअध्यक्षसहितको छलफलमा ओलीले यसको संकेत गरिसक्नुभएको छ । यति जनसंगठन समन्वय संयन्त्रका संयोजक ढकालसहित पूर्व अध्यक्षहरू भने क्षतिजको विकल्प खोज्नुपर्ने अडानमा हुनुहुन्छ ।

ओलीका अघि उहाँहरूको अडानको खास अर्थ नहुने भएकाले बन्दसत्रको हलमा अध्यक्ष मण्डलले नाम पढेर नसुनाउँदासम्म धेरै नेताले विभिन्न पदमा आंकाक्षा व्यक्त गर्नेछन । अन्तिममा अध्यक्ष मण्डलले घोषणा गरेको नाममा सूचीकृत हुनेले मनोनयन फारम भरेर निर्वाचित हुनेछन भने बाँकी घर लाग्नेछन । पदाधिकारीमा अहिलेको १७ मध्येबाटै दोहोरिने भएकाले नयाँले प्रवेश पाउने सम्भावना निकै कम रहेको पनि नेताहरूले बताएका छन ।

युवा संघका एक जना वर्वतमान पदााधिकारीले दैनिकीसँग कुरा गर्दै नेताहरूको व्यवस्थान चुनौतिपूर्ण रहेको बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘आकांक्षी धेरै भएको र नेतृत्वले संगठनमा नेता नियुक्त गर्ने हुनाले महाधिवेशन सामान्य अवस्थामै समन्न हुने सम्भावना निकै न्यून रहेको छ ।’

जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालसहित वर्तमान र पूर्व अध्यक्षहरू ।

प्रकाशित मिति : 09:13