१० जेष्ठ २०८३, आइतबार | Mon May 25 2026

काठमाडौँबाट १६८ थान अवैध मोबाइलसहित नुवाकोटका शंकर पक्राउ

८ जेठ, काठमाडौँ । काठमाडौँबाट १६८ थान अवैध मोबाइल फोनसहित दुई जना पक्राउ परेका छन् । काठमाडौंको बालकुमारीस्थित सडक खण्डमा प्रहरीले चेकजाँचको क्रममा अवैध मोबाइलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा नुवाकोट जिल्ला विदुर नगरपालिका–१३ घर भई हाल काठमाडौंको बाफलमा बसोबास गर्ने २४ वर्षीय शंकर श्रेष्ठ र भक्तपुर नगरपालिका–२ निवासी २३ वर्षीय कुशल सिलपकार रहेका छन्।

प्रहरीका अनुसार बरामद मोबाइलमा भिभो ३० थान, सामसङ २५ थान, ओप्पो १७ थान, रियलमी १६ थान, रेडमी १३ थान, वन प्लस१० थान, आईफोन १३ थान, मोटोरोला ६ थान, नोकिया ३ थान र अन्य कम्पनीका ३५ थान गरी जम्मा १६८ थान अवैध मोबाइल बरामद भएको हो।

प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका–३२ बालकुमारी सडकखण्डमा चेकजाँचका क्रममा शंका लागि एक समूहलाई रोक्न खोज्दा उनीहरूबाट विभिन्न ब्रान्डका मोबाइल बरामद भएको हो। उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता एसपी अपील राज बोहराले जनाकारी दिनुभयो ।

प्रकाशित मिति : May 22, 2025 at 10:01 am