१५ मंसिर २०८१, शनिबार | Sat Nov 30 2024

पुथ्वीनारायाण शाहको योगदानको चर्चालाई राजतन्त्रको वकालत मानिन्न: उपप्रधानमन्त्री पाेखरेल

२७ पुस, काठमाडौँ । उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले राष्ट्र निर्माता पृथ्वी नारायण शाहले नेपाल एकीकरण गरी सार्वभौम र स्वाधीन राष्ट्र नबनाइदिएको भए अहिले स्वाधीन मुलुकका स्वतन्त्र नागरिक भएर बाँच्न नपाउने धारणा व्यक्त गर्नुभएको छ ।

२९७ औं पुथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा नेपाल प्रज्ञाप्रतिष्ठान, ललितकला र संगीत तथा नाट्य प्रतिष्ठानले आज काठमाडौंमा आयोजना गरेको वृहत र्यालीको उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरलेले पुथ्वी नारायाण शाहको ऐतिहासिक योगदानको चर्चा गर्दा राजतन्त्रको वकाल गरेको नहुने बताउनुभयो ।

कतिपय शक्तिहरुले सामाजिक सद्भाव भड्काएर जातीय र भौगोलिक विखन्डन ल्याउन खोजेको भन्दै उपप्रधानमन्त्री पोखरेलले इतिहासमा भएका राम्रा कामहरुको अबमूल्याण गर्न नहुनेमा जोड दिनुभयो ।
नेपाल प्रज्ञाप्रतिष्ठानबाट विभन्नि झाँकी र बाजागाजासहित निस्किएको र्यालीको सिंहदरबारको पश्चिम गेटस्थित पुथ्वीनारायाण शाहको शालिकमा माल्यापर्ण गरी पुनः नेपाल प्रज्ञाप्रतिष्ठानमै पुगी समापन गरिएको थियो ।

र्यालीमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पोखरेल, सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बासकोटा, तीनवटै प्रज्ञा प्रतिष्ठानका कुलपति, उपकुलपति, बुद्धिजीवि, सुरक्षाकर्मी तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो । तस्बीर: यशाेदा अधिकारी

प्रकाशित मिति : २७ पुष २०७५, शुक्रबार १२:४२