बरुण हाइड्रोले हकप्रद निष्कासन गर्न धितोपत्र बोर्डबाट पायो अनुमति
६ जेठ, काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।
कम्पनीले १ः१ अनुपातमा ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ बराबरको कुल ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएको हो । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।
प्रकाशित मिति : ६ जेष्ठ २०८२, मंगलवार १६:५२