सेयर बजारमा हरियाली छाउँदा आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता
६ जेठ, काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजार हरियाली छाएको छ । आज नेप्से परिसूचक ४९.९ अंकले बढेर २६७७.४५ को विन्दुमा बन्द भएको छ ।
सेयर बजारमा हरियाली छाउँदा यस दिन राधी विद्युत कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ४१ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, ङादी ग्रुप पावरको ३६ करोड ८३ लाख १७ हजार रुपैयाँ, यूनिभर्सल पावर कम्पनीको ३१ करोड ७४ लाख २७ हजार रुपैयाँ, सानिमा माइ हाइड्रोपावरको ३० करोड ४९ लाख ८९ हजार रुपैयाँ र सोल्टी होटलको २९ करोड २८ लाख ९ हजार रुपैयाँको कारोबार भएको छ ।
प्रकाशित मिति : ६ जेष्ठ २०८२, मंगलवार १५:१८