प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
६ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली र सभापति देउवाबीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओली र सभापति देउवाबीच मंगलबार समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा कुराकानी भएकाे बताइएको छ ।
प्रकाशित मिति : 12:27









