ग्यास सिलिन्डर साट्दा उपभोक्ता ठग्ने काम भयोः सांसद कोइराला
६ जेठ, काठमाडौं । सांसद रमा कोइराला पौड्यालले ग्यास सिलिन्डर साट्दा उपभोक्ता ठग्ने काम भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै उहाँले एलपी ग्यास सिलिन्डर साट्दा ठग्ने काम गरिएको भन्दै त्यसको अनुगमन गर्न आग्रह गर्नुभयो ।
सांसद कोइरालाले बजारमा खाना पकाउने ग्यासका सिलिन्डर धेरै कम्पनीको रहेको र कुनै सिलिन्डर अभाव हुँदा अर्को साट्न समस्या हुने गरेको विषय संसद्मा उठाउनुभयो । कुनै एक कम्पनीको ग्यास सिलिन्डर साटेर अर्को कम्पनीको लिँदा रू ५०० देखि एक हजारसम्म अतिरिक्त तिर्नुपर्ने अवस्था रहेको उहाँको भनाइ छ । यस विषयमा सम्बन्धित निकायबाट अनुगमन गर्न सांसद कोइरालाले संसद्मार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।
प्रकाशित मिति : 12:03









