२६ श्रावण २०८३, मंगलबार | Tue Aug 11 2026

रेशमलाई पक्राउ गर्न अनधिकृत पत्र लेख्ने महिमानसिंहलाई १ लाख धरौटीमा छाड्न आदेश

५ जेठ, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न भन्दै अनधिकृत पत्र लेख्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमान सिंह विष्टलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश दिनबन्धु बरालको इजलासले विष्टलाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

विष्टले अनधिकृत रूपमा पत्र लेख्दै रेशमलाई पक्राउ गरेर डिल्लीबजार कारागार चलान गर्न भन्दै पत्र  लेखेर उक्त पत्र लिएर उनी आफैं जिल्ला प्रहरी परिसर काठमाडौं पुगेका थिए ।उक्त पत्रपछि प्रहरीले रमेशलाई पक्राउ गरेर कारागार समेत पुर्‍याएको थियो । उक्त पत्र आधिकारिक नरहेको खुलेपछि रेशम रिहा भएका थिए भने पत्र लेखेको आरोपमा विष्ट पक्राउ परेका थिए ।

प्रकाशित मिति : May 19, 2025 at 6:00 pm