१५ मंसिर २०८१, शनिबार | Sat Nov 30 2024

सरकारी सहभागितामा यसरी मनाइयो पृथ्वी जयन्ती (फाेटाेफिचर)

२७ पुस, काठमाडौँ । नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको जन्मदिन सरकारी सहभागितामा मनइएकाे छ । सरकारले सार्वजनिक विदा नदिएपनि पृथ्वी जयन्ती मनाएको हो । प्रज्ञा भवनबाट बाजागाजासहित शुरु भएको र्‍यालीमा उपप्रधानन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, सञ्चारमन्त्री गोकुल बास्कोटा सहभागी भएका छन् । तस्बीर: यशाेदा अधिकारी

प्रज्ञा भवनबाट अघि बढेको र्‍याली सिंहदरवारको मूलद्धार अगाडि रहेको बडामहाराजाधिराज पृथ्वीनारायण शाहको शालिक अगाडि पुगेर समापन हुनेछ । त्यहाँ राष्ट्रपति विद्यादेवी भण्डारी आफैं पुगेर पृथ्वीनारायणको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ ।

सार्वजनिक विदा नदिए पनि नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको योगदानलाई जनस्तरबाटै सम्मान गर्न कुनै कसर बाँकी नराख्ने  सञ्चारमन्त्री बास्कोटाले जानकारी दिए ।

प्रकाशित मिति : २७ पुष २०७५, शुक्रबार १२:११