सेयर बजार बढ्दा यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?
५ जेठ, काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजार दाहोरो अंकले बढेको छ । यस दिन नेप्से परिसूचक २२.९९ अंकले बढेर २६३२.०५ को विन्दुमा बन्द भएको छ ।
सोमबार राधी विद्युत कम्पनीको सेयर सबैभन्दा बढी कारोबार भएको छ । आज कम्पनीको ५९ करोड ७६ लाख ३५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।त्यस्तै, नेपाल रिइन्स्योरेन्स कम्पनीको ५१ करोड ०७ लाख १५ हजार रुपैयाँ, हिमालयन रिइन्स्योरेन्स कम्पनीको ४१ करोड ७ लाख ९४ हजार रुपैयाँ, ङादी ग्रुप पावरको २७ करोड ३९ लाख १९ हजार रुपैयाँ र युनिभर्सल पावर कम्पनीको २४ करोड ९३ लाख ९४ हजार रुपैयाँको कारोबार भएको छ ।
प्रकाशित मिति : ५ जेष्ठ २०८२, सोमबार १५:२२