३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

मुलुक समृद्ध बन्न राजनीतिक स्थायित्व जरुरीः सञ्चारमन्त्री गुरुङ

४ जेठ, लमजुङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मुलुक समृद्ध बन्नका लागि राजनीतिक स्थायित्व जरुरी भएको बताउनुभएको छ । आज गृहजिल्ला लमजुङ बेँसीसहर नगरपालिका–८ स्थित जिल्ला समन्वय समिति लमजुङको सभाहलमा आयोजित नेपाल कम्युनिष्ट पार्टी (एमाले) लमजुङको नवौँ जिल्ला अधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकको समापन कार्यक्रममा एमाले उपमहासचिव समेत रहनुभएका उहाँले उक्त धारणा व्यक्त गर्नुभएको हो ।

उहाँले मुलुक विकासका लागि एमालेले सरकारमा रहेर काम गरिरहे पनि गलत प्रचार गरी एमालेमाथि प्रहार भइरहेको बताउनुभयो । उहाँले पार्टीले गरेका राम्रा कामको प्रचारप्रसार गर्न पनि कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले आगामी निर्वाचनमा एमालेले बहुमत प्राप्त गर्ने गरी काम गर्न समेत आग्रह गर्नुभयो ।

प्रकाशित मिति : May 18, 2025 at 3:49 pm