ट्रेड टावर लिमिटेडको आईपीओ बाँडफाँड
४ जेठ, काठमाडौं । ट्रेड टावर लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले वैशाख ८ गतेदेखि २२ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ वैशाख २८ गते बाँडफाँड गरेको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले जम्मा ३९ लाख ७१ हजार ६९३ कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । त्यसमध्ये पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका नेपालीका लागि ३ लाख ९७ हजार १६९.३० निष्कासन गरेको थियो ।
रीतपूर्वक आवेदन दिएका ३९ हजार ७२६ जना आवेदकलाई १० कित्ताका दरले ३ लाख ९७ हजार १६१.३० कित्ता सेयर बाँडफाँड गरिएको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले जानकारी गराएको छ ।
वैदेशिक रोजगारीमा रहेकाहरुले बिक्री प्रबन्धकको वेबसाइट र सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइटबाट नतिजा हेर्न सक्नेछन् ।
प्रकाशित मिति : ४ जेष्ठ २०८२, आईतवार १४:४६