छुट्ला है ! एक कम्पनीको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन
४ जेठ, काठमाडौं । तेह्रथुप पावर कम्पनीको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले हकप्रद सेयर निष्काशन प्रयोजनार्थ भोली जेठ ५ गते एक दिनका लागि बुकक्लोज गर्दैछ। यसको अर्थ आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन्।
कम्पनीले हाल कायम चुक्तापूँजी ४० करोड रुपैयाँ बराबरको प्रतिसेयर रु. १०० अंकित दरका ४० लाख कित्ता हकप्रद निष्कासन गर्नेछ । कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।
प्रकाशित मिति : May 18, 2025 at 9:11 am









