एमालेको नक्कल गर्दै माओवादीले चलाएको अभियान कर्णालीमा
४ जेठ, दैलेख । माओवादी केन्द्रको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सुदूरपश्चिम सकिएपछि कर्णाली प्रदेशमा प्रवेश गरेको छ। अध्यक्ष प्रचण्ड नेतृत्वको अभियान कर्णाली प्रवेश गरेको हो । नेकपा एमालेले चलाएको झुलाघाट चिवाभञ्ज्याङ अभियानको नक्कल गर्दै माओवादीले पनि उस्तै अभियान चलाइरहेको छ ।
बैतडीको पाटनमा उद्घाटन कार्यक्रममा कम्युनिस्ट पार्टीको झण्डा र नेपालको राष्ट्रिय झण्डा फहराइएको थियो । उक्त झण्डा सुदूरपश्चिम इञ्चार्ज गिरिराजमणि पोखरेल नेतृत्वको टिमले कर्णाली इञ्चार्ज कालीबहादुर मल्ल नेतृत्वमा रहेको टिमलाई हस्तान्तरण गर्नुभयो ।

कर्णाली प्रदेशका माओवादी नेताहरूले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको टोलीलाई भव्य स्वागत गर्नुभएको छ। अध्यक्ष प्रचण्डले सुदूरपश्चिम प्रदेशप्रति धन्यवाद व्यक्त गर्दै राकम पुल हुँदै सुर्खेतबाट कर्णाली प्रदेशमा प्रवेश गर्नुभएको हो।
प्रकाशित मिति : 09:04









